संसद विघटन विरुद्ध परेका दर्जन रिटहरु प्रधानन्यायाधीशको एकल इजलासमा
काठमाडौं । संसद विघटन विरुद्ध परेका १ २ वटा रिटहरु प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको एकल बेन्चमा परेका छन् । नेकपाको दुई तिहाईको सरकार हुँदा हुँदै पनि काम गर्ने वातावरण नभएको भन्द्रै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेका थिए ।
प्रतिनिधि सभा विघट भएसँगै प्रधानमन्त्री र राष्ट्रपति लाई विपक्षी बनाई १२ वटा रिट दर्ता भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले यही पुस ५ गते प्रतिनिधिसभा भंग गरी आगामी बैशाख २७ र २७ गते मध्यावधि निर्वाचन गर्न गरेको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले सोही दिन सदर गरेकी थिइन् ।
रिट दायर गर्नेहरुमा नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कन्चनकृष्ण न्यौपाने, लोकेन्द्रबहादुर ओली, समृत खरेल, ज्ञानेन्द्रराज आरण, शालिकराम सापकोटा, कमल खत्री, मणिराम उपाध्याय, अमिता गौतम पौडेल, दीपक राई र तुलसी सिंखडा छन् ।