बिहीबार, चैत ९, २०७९

तत्काललाई मतदाता नामावली संकलन कार्य स्थगित

फ्ल्यासन्युज नेपाल२०७७ पुष ८ गते ९:१०

काठमाडौं । निर्वाचन आयोगले तत्काललाई मतदाता नामावली संकलनमा रोक लगाएको छ । सरकारले वैशाखमा दुई चरणमा मध्यावधी निर्वाचनको मिति तय गरेकाले त्यसको तयारीमा जुट्नु पर्ने भएकाले ७७ वटै जिल्लामा मतदाता नामावली संकलनमा रोक लगाइएको आयोगले जनाएको छ ।

आगामी बैशाख १७ र २७ गते प्रतिनिधिसभाको निर्वाचन घोषणा भएकाले ७७ वटै जिल्लामा भइरहेको मतदाता नामावली सङ्कलनको काम स्थगित गरेको आयोगले जनाएको छ । मध्यावधिक निर्वाचनका लागि तयारी गर्नुपर्ने भएकाले तत्कालका लागि मतदाता नामावली स्थगित गर्नुपरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

आयोगले अहिलेसम्म सङ्कलन भएका मतदाता नामावलीलाई अद्यावधिक गरेर मतदाताको सूचीमा समावेश गर्ने जनाएको छ । त्यसका लागि आयोगले प्रक्रिया अघि बढाउने जनाएको छ ।

तपाइँको प्रतिक्रिया