बिहीबार, चैत ९, २०७९

बामदेव र बादल किन तटस्थ ?

फ्ल्यासन्युज नेपाल२०७७ पुष ८ गते ८:१०

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी आन्तरिक किचलोका कारण फुटको अन्तिम संहारमा रहेको छ । गुट र उपगुटको कारण दुई तिहाई बहुमत प्राप्त नेकपाको वर्तमान राजनीति निकै दुखदायी रुपमा अघि बढिरहेको छ ।

नेपालको कम्युनिष्ट इतिहासमा संसदमा बहुमत प्राप्त दल आन्तरिक विवादका कारण फुटको सघारमा पुगेको हो । मंगलबार अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल पक्षले छु्ट्टाछुट्टै भेलाको आयोजना गरे। ओली पक्षले आफू अनुकुल केन्द्रीय सदस्य र प्रवक्ता नियुक्ती गरेको छ भने प्रचण्ड माधव समूहले ओलीलाई अध्यक्ष पदमा नरहने गरि कार्बाही गर्दै माधव कुमार नेपालाई अध्यक्ष बनाएको घोषणा गरे ।

तर नेकपा फुटको बिन्दुमा पुगेको भए पनि गृहमन्त्री राम बहादुर थापा र उपाध्यक्ष बामदेव गौतम भने मौन देखिएका छन् । मंगलबार ओली र प्रचण्ड–नेपाल समूहको बैठकमा उनीहरु सहभागी भएनन् । ओली र दाहाल–नेपाल समूहले आ–आफ्नो समूहको बैठकमा सहभागी हुन गरेको आग्रह अस्वीकार गर्दै गौतम र थापा कुनै पनि बैठकमा सहभागी भएनन् । दुवै नेता आन्तरिक छ
लफलमै रहेका छन् ।

मंगलबार गौतम निवास भैंसेपाटीमा गौतम र थापाबीच केहीबेर छलफल भएको थियो । गौतम र थापा पार्टी फुटको विरुद्धमा उभिँदै आएका छन् । उनीहरु निकटका केन्द्रीय सदस्यहरू भने प्रचण्ड–नेपाल समूहको बैठकमा सहभागी भएका छन् । पूर्वमाओवादीका नेताहरू टोपबहादुर रायमाझी, मणि थापा, लेखराज भट्टसहितका नेताहरू ओली समूहको बैठकमा सहभागी भएका छन् ।

तपाइँको प्रतिक्रिया