बिहीबार, मंसिर १५, २०७९

राष्ट्रपतिलाई भेट्न चिनियाँ राजदूत पुगिन शितलनिवास

फ्ल्यासन्युज नेपाल२०७७ पुष ७ गते १९:५३

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा देखा परेको चरम विवाद पछि चिनियाँ राजदुत राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेकी छन् । चिनियाँ राजदूत होउ यान्छी मंगलबार साँझ शितल निवास पुगेकी हुन् ।

एक साताअघि देखि नै राष्ट्रपतिसँग भेटका लागि चिनियाँ दूतावासले मन्त्रालयमार्फत् समय मागेको र कोभिड(१९ विरुद्ध चिनियाँ भ्याक्सिन नेपाललाई उपलब्ध गराउने आश्वासन दिएकी थिइन् । तर अहिलेको भेटलाई निकै चासोका साथ हेरिएको छ । जब नेकपामा उथल पुथल हुन्छ, तब चिनियाँ राजदूत सक्रिय रुपमा भेटघाट सहित मध्यस्तकर्ताको भूमिकामा आउने गरेकी छिन् ।

तपाइँको प्रतिक्रिया