आइतबार, चैत १२, २०७९

साहित्यकार शाहीको पहलमा गरिब परिवारका बृद्धबृद्धालाई कम्मल वितरण

फ्ल्यासन्युज नेपाल२०७७ पुष ७ गते १९:१८

बाजुरा । साहित्यकार तथा समाजसेवी रिता शाहीको पहलमा बाजुरा जिल्लाका गरिब परिवारका बृद्धबृद्धाहरुलाई चिसोबाट जोगाउन कम्मल वितरण गरिएको छ । मंगलबार शाहीले बाजुरा जिल्ला बुढिगंगा नगरपालिका साबिकको कुल्देवमाडौं गाविसका ९ वटै वडाहरुका बृद्धबृद्धालाई कम्मल वितरण गरिएको हो ।

हेम एन्ड माया फाउन्डेसनको आर्थिक सहयोग र शाहीको विशेष पहलमा ६०देखि ७० वर्ष उमेर समस्हका बुढाबुढिहरुलाई कम्मल वितरण गरिएको हो । उक्त कम्मल जिल्ला समन्वय समिति बाजुराकी उपप्रमुख सुनिता सुनार, नेपाली काङ्ग्रेस बुढिंगगा नगर सभापति मिन बहादुर शाहको हातबाट हस्तान्तरण गरिएको हेम एन्ड माया फाउन्डेसनका केन्द्रीय सहसचिव समेत रहेकी शाहीले जानकारी दिएकी छिन् ।
बुढिंगगा नगरपालिका भरिमा दोस्रा
े र तेस्रो चरण गरि, अशक्त, गरिब र असहाय,बृद्धबृद्धालाई न्यानो स्वरुप कम्मल वितरण गरिने शाहीले जनाएकी छिन् । अमेरिकामा बस्ने वरिष्ठ समाजसेवी हेम र माया फाउन्डेसनको नामबाट हाल सम्म देशभर नौ कारोड बढि को राहत वितरण गरिसकेको छ ।

तपाइँको प्रतिक्रिया