संसद विघटन विरुद्ध नेकपा सांसद सर्वाेच्च अदालत पुगे
काठमाडौं । संसद विघटन खारेजीको माग गर्दै नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल पक्षका ११४ जना सांसदहरु हस्ताक्षर सहित सर्वाेच्च अदालतमा रिट दायर भएको छ । नेकपाका प्रमुख सचेतक देव गुरुङ, सांसद कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीले संसद् विघटनको निर्णय खारेज गरेर संसद् सक्रिय रहेको आदेश दिन माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता गराएको प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए ।
नेकपाका एक सय १४ जनाको नामबाट सांसद सर्वोच्च जाने तयारी भए पनि सबैको नागरिकता र हस्ताक्षर जुटाउन समय लाग्ने भएकाले चार जना मात्रै सर्वोच्चमा पुगेर रिट दर्ता गराएको नेतृ रामकुमारीले जानकारी दिइन् ।
निवेदनको मस्यौदा गरेका एक अधिवक्ताका अनुसार, त्यसमा नेकपाका करिब ९० जना सांसदहरुको सहमति छ ।सर्वदलीय छलफलबाट सहमति गएर सामूहिक रुपमा निवेदन लिएर जाने भने पनि कांग्रेसको केन्द्रीय समितिको बैठक बल्ल बसेको र बैठकपछिको निर्णय आउँदा निवेदन दर्ता हुन ढिलाई हुने भएकाले नेकपाका सांसदहरु सर्वोच्च पुगेका हुन् ।