बिहीबार, चैत ९, २०७९

संसद विघटन विरुद्धका १३ रिटको सुनुवाई मंगलबार हुने

फ्ल्यासन्युज नेपाल२०७७ पुष ७ गते १६:५१

काठमाडौं । संसद विघटनका विरुद्ध परेका १३ वटाको भोली मंगलबार सुनुवाई हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेसँगै त्यसका विरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिटको दायर भएका छन् ।
संसद् विघटनको विरुद्धमा सोमबारसम्म ११ वटा रिट दर्ता भएकोमा मङ्गलबार थप दुई वटा थपिएसँगै १३ वटा रिट दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले उज्यालोलाई जानकारी दिए ।

रिटमाथि मङ्गलबार सुनुवाइ हुने उहाँको भनाइ छ । ‘भोलि रिटमाथि सुनुवाइ सुरु हुन्छ, त्यसपछि आदेश अनुसार प्रक्रिया अघि बढ्छ’, प्रवक्ता पोखरेलले भने ।

संसद् विघटन भएयता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रै पनि छुट्टाछुट्टै बैठक बस्ने क्रम बढेसँगै पार्टी फुटको सङ्घारमा पुगेको अनुमान गरिएको छ ।

तपाइँको प्रतिक्रिया