लाभांश प्रस्ताव पारित गर्न लक्ष्मी बैंकले डाक्यो साधारण सभा
काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न पुस २८ गते बीसौँ वार्षिक साधारण सभा डाकेको छ।
सो सभा बैंकको प्रधान कार्यालय, हात्तीसार, काठमाडौँमा बिहान ११ः३० बजे शुरु हुनेछ। सो सभाले चुक्ता पूँजीको ९ प्रतिशतका दरले बोनस शेयर र बोनसमा लाग्ने कर सहित २।५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिसन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनीके तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन परिमार्जन गर्न आवश्यक भएमा सो गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पनि सो सभाले पारित गर्नेछ।
साधारण सभा प्रयोजनार्थ बैंकले १७ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको सो सभामा सहभागिता जनाउनुका साथै बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
कोभिड १९ महामारीलाई ध्यानमा राखी शेयरधनीहरुलाई भर्चुअल माध्यमबाट सहभागिता जनाउन बैंकले अनुरोध गरेको छ।