मंगलबार, असोज ११, २०७९

माधव कुमार नेपाल अब नेेकपा अध्यक्ष !

फ्ल्यासन्युज नेपाल२०७७ पुष ७ गते १४:५०

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई समूहका छुट्टाछुट्टै भेलाको आयोजना भएको छ । मंगलबार अध्यक्ष केपी शर्मा ओली पक्षको प्रधानमन्त्री निवास बालुवाटार र पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल पक्षको बबरमहलस्थित कार्की ब्याङ्केट बैठक बसेको छ ।

दाहाल(नेपाल समूहको केन्द्रीय समिति बैठकमा ओलीलाई अनुशासनको कारबाहीसहित ९ एजेन्डा प्रस्तुत गरेको छ । नेकपाको दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकले केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएर उनको ठाउँमा माधव नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव गरेको छ ।

एजेन्डाहरुमा कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाउनेदेखि आन्तरिक समस्या समाधानसम्बन्धी प्रस्ताव लगायतका रहेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

तपाइँको प्रतिक्रिया