आइतबार, चैत १२, २०७९

ओलीले थपे ५५६ जना केन्द्रीय सदस्य

फ्ल्यासन्युज नेपाल२०७७ पुष ७ गते १४:२२

काठमाडौं । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री तथा केपी शर्मा ओलीले ११९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन् ।

मंगलबार बालुवाटारमा जारी आफूनिकट केन्द्रीय कमिटीको बैठकमा अहिले कायम रहेको ४४७ सदस्यीय केन्द्रीय कमिटीमा अहिलेलाई ५५६ जना थपेर महाधिवेशन आयोजक कमिटी घोषणा गरेको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिएका छन् । रिक्त रहेका १९६ जना पछि थपिने उनले बताए ।

अध्यक्ष ओलीले ५५६ जनालाई सोमबार नै मनोनयन गरेको र मंगलबारको बैठकमा अनुमोदनका लागि प्रस्ताव गरेको पनि थापाले जानकारी दिएका छन् ।

साथै पार्टीको नयाँ महाधिवेशन मंसिर २ गतेदेखि ७ गतेसम्म आयोजना हुने ओलीपक्षीय समूहका प्रवक्ताको नयाँ जिम्मेवारी पाएका प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

तपाइँको प्रतिक्रिया