भ्रष्ट नेतृत्वलाई पाखा लगाउन निर्वाचनकाे विकल्प छैन: कमल थापा
फ्ल्यासन्युज नेपाल२०७७ पुष ७ गते १०:११
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भ्रष्ट नेतृत्वबाट मुक्तिका लागि ताजा जनादेशमा जानु नै उत्तम विकल्प भएको बताएका छन् । आज विहान ट्विट गर्दै उनले फोहोरी गठबन्धन बनाएर ब्रह्मलूटको अर्को शृंखला सुरु गर्नुभन्दा निर्वाचनमा जानुपर्ने बताएका हुन् ।
घोडा ब्यापार’ र फोहोरी गठबन्धन बनाएर ब्रह्मलूटको अर्को शृंखला शुरु गर्नुभन्दा विगतको गलत अवधारणा सच्याएर भ्रष्ट नेतृत्वलाई पाखा लगाउन निर्वाचनमा जानुपर्ने उनको भनाइ छ ।
उनले संसद विघटनको वैधानिकताको परीक्षण, निरुपण र व्याख्या सर्वोच्च अदालतले गर्ने पनि स्पष्ट पारेका छन् । राप्रपाले प्रतिनिधि सभा विघटन गर्ने निर्णयको भने आलोचना गरेको छ ।