बिहीबार, जेठ १८, २०८०

संसदको मर्यादा र लोकतन्त्रको रक्षा

फ्ल्यासन्युज नेपाल२०७७ पुष ७ गते ९:२८
नेपाल कोरोनाको मारमा छ यस्तो दुस्खदको बेला षडयन्त्र र अस्थिरताको राजनीति पार्टीमा विधमान छ । नेपालीको सुख र समृद्धिको शब्द राजनीति दस्तावेज भित्र कुहिएको छ।युगौ देखिको नेपाली राजनीति चरित्र व्यक्ति सत्तालिप्सामा केन्द्रित रहेको छ । नेपाली राजनीति भित्र षडयन्त्र र अस्थिरताको बिउ कसैले पनि मास्न सकेन । यो देश का लागि दुर्भाग्य हो । आज जे षडयन्त्र र अस्थिरताको खेल भई रहेको छ त्यसको भारमा हामी नेपाली परेका छौ र देशका लागि हानिकारक छ । राजनीति भित्र फोहरी खेल भई रहँदा नेपाल र नेपालीको उन्नति र प्रगतिको बाटो अन्धकारमय छ । आज हाम्रो मुलुकमा सत्ता समालेकाहरुबाट राजनीति षडयन्त्र बारम्बार भई रहेका छन् । हाम्रो मुलुकमा अस्थिरताको राजनीति युगौं देखी चल्दै आएको छ ।बौद्धिक व्यक्तित्वहरु, राजनेताहरु, उच्च प्रशासकहरु, व्यक्तिगत स्वार्थबाट माथि उठन नसकेको इतिहास साक्षी छ । भरखरै भएको प्रतिनिधि सभा विघटनले संसदको जीवन्तता र लोकतन्त्रको संरक्षणको कदम हो कि होइन रु यो प्रतिक्षाको परिणामले देखाउने नै छ । तर पनि लोकतन्त्रको मर्यादा र रक्षा गर्नु नेपाली कांग्रेसको जन्मकाल देखिको दायित्व र जिम्मेवारी हो । यो कदमका विरुद्धमा भन्दा पनि संसदको मर्यादा र लोकतन्त्रको रक्षा बुद्धिमतापुर्ण रुपले गर्नु हाम्रो मुख्य भूमिका रहदै आएकोले आज फेरी कांग्रेसको काँधमा यो जिम्मेवारी आएको छ । षडयन्त्रकारीका शिकारीसंग शिकारको लोभ पर्ने होइन षडयन्त्र गर्नेको धोकामा परी सकेको काग्रेसले आफ्नै बौद्धिकतामा चुनौतीको सामना गर्ने सामर्थाता हुनु पर्दछ। पार्टीले विगतको इतिहास सम्झेर अगाडी बढनु पर्दछ । राष्ट्रनायक स्व. श्री गिरीजा प्रसाद कोइरालाको संसद व्यूत्याउने सपना र आजको कांग्रेसको सपना एउटै हुन सक्दैन । समयले मुल्यनिर्धारण गर्दछ ।संसदको मर्यादाको औषधी के हो कांग्रेसले बुझ्न जरुरी छ । आज कांग्रेस चुक्यो भने इतिहासले कांग्रेसलाई चुकाउने छ। त्यसैले संसदको मर्यादा र लोकतन्त्रको रक्षाको एउटै पाटो हो । लोकतान्त्रिक गणतन्त्रात्मक पद्दति भित्र संसदीय शासन प्रणालीको हुवहु पालना गर्नु र गर्न लगाउनुनै हो। राज्यले निर्माण गरेको जनताले उपयोग गर्ने संरचना भत्काउनु, निर्दोष र निहत्या नागरिकलाई ज्यादती र अमानवीय पुर्व निर्मम हत्या गर्नु , निरयराध १७ हजार व्यक्तिको हत्या गर्नु संसदीय मूल्य र मान्यता प्रति ठाडो प्रहार गर्नु, षडयन्त्रै षडयन्त्रको खेलमा कांग्रेसलाई फसाएर ७ वटै प्रदेशमा कांग्रेसको अनुपस्थिति गराउने, कपटपूर्ण कार्य गर्नुनै महान कार्य ठान्नेहरु सँग कांग्रेसले फेरी फन्दा पर्ने कार्य गरेमा इतिहासले कांग्रेसलाई छुट दिने छैन। मान्छेहरुलाई जिउदै जलाउने, बालबालिकालाई टुहुरा बनाउने, महिलाहरुलाई एकल महिला बनाउने, घरबार विहिन बनाउनेहरु संसदको मर्यादा र लोकतन्त्र माथि ठाडो प्रहार गरेर अस्थिर राजनीति गर्ने संग हामी बेलैमा सजक हौ । संसदको मर्यादा र लोकतन्त्रको रक्षा गरौ । कांग्रेस वरिष्ठ नेता रावल बाजुरा जिल्ला त्रिवेणी नगरपालिकाका नगरप्रमुख समेत हुनुहुन्छ । उहाँ प्रजातान्त्रीक आन्दोलनका एक हस्ती र नेपाली कांग्रेस बाजुराका पूरानो नेताका रुपमा चिनिनुहुन्छ ।

तपाइँको प्रतिक्रिया