जनमतको कदर नगर्ने नेतासँग कुनै आश गर्न सकिदैन पूर्व-राजा शाह
फ्ल्यासन्युज नेपाल२०७७ पुष ७ गते ७:३७
काठमाडौं। पूर्व राजा ज्ञानेन्द्र शाहले जनमतको कदर गर्न नसक्ने नेताबाट कुनै आश गर्न नसकिने स्पष्ट पारेका छन् । जनताले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई दुई तिहाई मत दिएर राज्य सत्ता सुम्पेको भए पनि नेताहरुले त्यसको अवमूल्य गरेको शाहको भनाई रहेको छ ।
दुई तिहाई मत दिँदा दिदै पनि पदिय कुर्सी र पद मोहका कारण जनादेशको अपमान गर्दै प्रतिनिधि सभा विघटन हुनु दुखद भएको प्रतिक्रिया दिएका छन् । पूर्व राजा शाहले ट्विट मार्फत भनेका छन्, जनताको मतको कदर नगर्ने नेताबाट केही पनि आशा गर्न सकिंदैन । कुर्सी र पदको मोहमा डुबेर देशलाई हेलाँ गर्नेहरू बेलैमा सचेत नभए जनताले बाँकी राख्ने छैनन् ।
राजा आउ देश बचाउको नारा लागेको भए पनि उनले राजतन्त्रको पक्षमा भने कुनै वक्तव्य दिएका छैनन् । पूर्व राजा शाहले पर्ख र हेरको नीतिमा अगाडी बढेका छन् ।