बुधबार, चैत ८, २०७९

कविता- भट्टीवाली

फ्ल्यासन्युज नेपाल२०७७ पुष ६ गते २०:०६

यशु सापकोटा फूलमती

भट्टीवाली भन्छन्
बिहानै उठ्छे
भट्टीको सटर खोल्छे
अनि दिलको सटर
सेकुवा पोल्छे
आफू नि भित्र भित्र पोलिन्छे
जड्याहाहरु छिर्छन
छिर्नै पर्छ
बाध्यताले बन्धी बनेका छन
भट्टीवालीको रुपले
खै कस्तो प्रेम गर्छन
भट्टीवालीलाई
उ भने भट्टीलाई प्रेम गर्छे

पिउदै नपिउनेहरु पनि
सोम रस मानेर
निचोरिएको काग्ती झैँ
मुख निचोर्दै
तन्न्क जाँड तान्छन
भट्टीवालीको रसिलो आँखामा डुबेर
गुजारा चलाउनै हास्छे
कुरुप मान्छेको अघि
फिस्स परेर
चुरोटको धुवाँ सँगै
उडान भर्छ
उसको दुखेको मन
सपनाको घाँटी रेटेर
बसेकी छ भट्टीमा

भट्टीवाली भनेपनि
साहुनी भनेपनि
विचरी कामदार मात्र हो
असली साहु पुजीपति
भुँडी पल्टाएर
मख्ख छ
व्यापार राम्रो छ
जाँड चलेकै छ
भट्टीवाली छदैछ

पुजीवादी दलाल साहु
भट्टीवाली विचरी
जंगली पुरुषबाट बच्दै
भट्टी चलाकै छ
साहुलाई सुताउनु छ
धनको मसानघाटमा
दबाकै छ पीडा
जुठा भाँडा मल्दै
मल्दै छ आफ्ना रहर पनि
अर्थहीन जिन्दगी लाग्छ
विरक्त मान्छे
फेरि पनि खिस्स हास्छे

कमारी भएपनि
भट्टीवाली त भन्छन ।

तपाइँको प्रतिक्रिया