बुधबार, मंसिर १३, २०८०

ओली विरुद्ध शसक्त भएर अघि बढ्ने तीन दलको निष्कर्ष

फ्ल्यासन्युज नेपाल२०७७ पुष ६ गते १९:३६

काठमाडाै । नेपाली कांग्रेससहित संसदमा रहेका तीन प्रमुख दलहरूको बैठक सोमबार अपरान्ह कांग्रेस कार्यालय सानेपामा बसेको  बैठकले अाेली विरुद्द थप सशक्त भएर अघि बढ्ने सहमति गरेका छन् । ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ साथै जनता समाजवादीका डा.बाबुराम भट्टराई, महन्थ ठाकूर र राजेन्द्र महतो लगायत शीर्ष नेताहरू सहभागी रहेका थिए ।

बैठकले संविधानको मर्म र भावना विपरित संसद विघटन गरिएको ठहर गर्दै तीन दलको केन्द्रीय समिति बैठकले प्रतिवादका कार्यक्रम तय गर्ने निश्कर्ष निकालेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । भोलि बस्ने नेकपा र काँग्रेस केन्द्रीय कार्यसमिति लगायत तीनै दलको बैठकले प्रतिवादको पार्टी रणनीति बनाउने र त्यसपछि बस्ने सर्वदलीय बैठकले एकृकीत नीति लिने निर्णय श्रेष्ठले बताए ।

तपाइँको प्रतिक्रिया