शनिबार, असोज १५, २०७९

प्रचण्ड-माधव पक्षद्वारा संसद बैठक आव्हान गर्न माग

फ्ल्यासन्युज नेपाल२०७७ पुष ६ गते १९:०५
काठमाडौं । सरकारले संसद विघटन गरे पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले संसद बैठक आव्हान गर्न माग गरेका छन् । दाहाल-नेपाल पक्षमा विघटित प्रतिनिधिसभाका ९० र राष्ट्रिय सभाका २४ सांसदको हस्ताक्षर सहित संसद अधिवेशन बोलाउनका लागि माग गरेका हुन्।मंगलबार बानेश्वरमा गरेको सांसदहरुको भेलाले संसद् बैठक बोलाउन माग गर्ने निर्णय गरेको हो । बुधबारलाई फेरि संसदीय दलको बैठक बोलाउने निर्णय पनि भेलाले गरेको छ । भेलाले प्रधानमन्त्रीलाई नरहेको निष्कर्ष निकाल्दै संसद् विघटन गर्ने प्रधानमन्त्रीको कदम र राष्ट्रपतिको स्वीकृतिलाई अस्वीकार गर्दै प्रतिनिधिसभाको नियमित कार्य अघि बढाइनुपर्नेमा जोड समेत दिएको छ । साथै प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद विघटन गर्ने अधिकार समेत नरहेको भेलाले निष्कर्ष निकालेको छ ।

तपाइँको प्रतिक्रिया