बिहीबार, मंसिर १५, २०७९

रियल मड्रिडद्वारा एइबर ३-१ ले पराजित

फ्ल्यासन्युज नेपाल२०७७ पुष ६ गते ९:१४

एजेन्सी।स्पेनिस लालिगामा रियल मड्रिडले एइबरलाई हराएको छ । गएराति भएको खेलमा मड्रिडले एइबरलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । मड्रिडलाई जिताउन करिम बेन्जिमा, लुका मोड्रिक र लुकास भाज्क्वेजले गोल गरे ।

एइबरका लागि किकेले एक गोल फर्काएका हुन् । जितसँगै रियल मड्रिड लिगको दोस्रो स्थानमा उक्लिएको छ । उसको १४ खेलबाट २९ अंक भएको छ । दुई खेल कम खेलेको शिर्ष स्थानको एथ्लेटिको मड्रिडको पनि २९ अंक नै छ ।

पराजित भएको एइबर १५ अंक सहित १४ औँ स्थानमा छ । अन्य खेलमा खेलमा सेल्टा डी भिगोले एलाभेस, ग्रानाडाले रियल बेटिस तथा गेटाफेले काडिजलाई समान दुई–शुन्य गोल अन्तरले पराजित गरेका छन् ।

तपाइँको प्रतिक्रिया