मंगलबार, मंसिर २०, २०७९

आइएमई जनरल इन्स्योरेन्स र ह्याम्स हस्पिटलबीच नगद रहित सेवा सम्झौता

फ्ल्यासन्युज नेपाल२०७७ असोज १५ गते १५:३१

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र हस्पिटल फर एडभान्स मेडिसिन एण्ड सर्जरी (ह्याम्स हस्पिटलबीच) बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतामा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र ह्याम्स हस्पिटलका कार्यकारी निर्देशक डा. जोतिन्द्र शर्माले हस्ताक्षर गरेका हुन् ।

सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकको बीमा लेखको सीमासम्म हयाम्स हस्पिटलबाट नगद रहित हस्पिटलाईजेशन सुविधा प्राप्त गर्न सकिने छ । सोही अवसरमा श्रेष्ठले ह्याम्स हस्पिटलले आफ्ना ग्राहकलाई आइएमई जनरल इन्स्योरेन्ससँग आईजीआई औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशन सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राखेका छन् ।

साथै उनले अस्पताल र अस्पतालसँग आवद्ध सदस्यलाई औषधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्सबाट प्राप्त गर्नसक्ने हुनाले ढुक्क भएर सेवा लिन आग्रह गरेका छन् ।

 

तपाइँको प्रतिक्रिया