आइतबार, चैत १२, २०७९

साढे तिन महिनादेखि रोमानियामा अलपत्र नेपालीको शव नेपाल फर्काईँदै, परिवारद्वारा पैसाको ‘बार्गेनिङ’

नेपालप्लस न्युज डेस्क२०७७ असोज ६ गते २१:३६

झण्डै साढे तिन महिनादेखि रोमानियाको अस्पतालमा बेवारिसे अवस्थामा रहेको नेपालीको शव भोली नेपाल फर्काइँदै छ । सिन्धुपाल्चोकको हेलम्बुका २५ वर्षिय ति युवाको शव सबै प्रक्रिया पुरा गरेर नेपाल फर्काउन लाग्दा परिवारले पैसाको मोलमोलाई गरेपछि केहि तनाव स्रिजना भएको थियो । तर आत्महत्या गरेको प्रमाणिक कागजमा परिवारले सहि गरेकाले अन्तिम अवस्थामा परिवारले स्विकार्न बाध्य भएपछि ति युवाको शव भोली बुधवार टर्किस विमानबाट काठमाडौं लैजान लागिएको हो ।

यस अघि नेपालप्लसले पहिलो पटक उनको शव रोमानियाको अस्पतालमा बेवारिसे अवस्थामा रहेको खबर ‘आत्महत्या गरेका २५ वर्षिय नेपालीको शव अढाई महिनादेखि रोमानियाको अस्पतालमा’ शिर्षकमा १८ भदौ २०७७ मा प्रकाशित गरेको थियो ।

शव पर्सि विहिवार काठमाडौं वमानस्थल पुग्ने रोमानियाका लागि अवैतनिक वाणिज्यदूत नवराज पोखरेलले नेपालप्लसलाई बताए । अचम्मलाग्ने कुरो के छ भने शव नेपाल पठाउँदा शवको छुट्टै पासपोर्ट बनाउनुपर्छ । जिवित ब्यक्तिको पासपोर्टमा शव पुर्‍याउन नहुने हुँदा शवकालागि छुट्टै पासपोर्ट बनाउनुपर्ने प्रावधान रहेको पोखरेलले जानकारि दिए ।

उनको शव नेपाल पुर्‍याउन कफिन बनाउने, सरकारि कागजपत्र तयार पार्ने, अस्पतालबाट विमानस्थलसम्मको भाडा लगायत सबै तयार गर्दा सात हजार युरो (झण्डै १० लाख नेपाली रुपियाँ) लागेको उनले जानकारि दिए । परिवारलाई यसको बारेमा जानकारि दिएपछि मृतकका परिवारले ‘लास लिन्नौं, हामीलाई पैसा देउ’ भन्दै मोलमोलाइ (बार्गेनिङ) गरेको थियो’ उनले नेपालप्लससित भने ‘हामीलाई उसले आत्महत्या गरेको भन्नेमा पत्यार छैन, त्यत्रो पैसा खर्च गरेर लास नेपाल पठाउनुभन्दा त्यहिँ जलाउ, लास नपठाउ, त्यो लास पठाउने सात हजार युरो बरु हाम्लाई देउ, हामी लास बुझ्दैनौं’ भन्दै बार्गेनिङ गरेका थिए ।’

तर आत्महत्या पछि मृतकको पहिचान गर्ने र घटना सिद्द गर्ने क्रममा परिवारले आत्महत्या भनेर स्विकार गरि कागजमा सहि गरिसकेकाले रोमानियाबाट पैसा दिन नमिल्ने, कुनैपनि विमा कम्पनीले आत्महत्या गरेकाको जिवन विमाको रकम नतिर्ने, बरु आत्महत्या स्विकारेर शब नबुझ्दा उल्टो परिवारलाई कारवाहि हुनसक्ने बताएपछि परिवारले उनको शव लिन स्विकार गरेका थिए ।

यो सम्पूर्ण खर्च मृतकले काम गरेको रोमानियाको सुसी (जापानी खाना) कम्पनीले ब्यहोरेको हो । जुन महिनाको ३ तारिखदेखि उनको शव रोमानियाको नेशनल इन्स्टिच्यूट अफ लिगल मेडिसिन अस्पतालमा राखिएको थियो । शव राखेबापत सोहि दिन देखि प्रत्येक दिनको २५ युरोका दरले सुसी कम्पनीले भाडा तिर्दै आएको थियो । उनको शवको भाडा मात्रै लगभग साँढे २६ सय युरो अर्थात् तिन लाख ७० हजार नेपाली रुपियाँ कम्पनीले तिरिसकेको छ ।

पछिल्लो समयमा बिदेशमा काम गर्न आउने नेपालीहरुको संख्या बढ्दो छ । सोचबिचार नगरि, चर्को मूल्य तिरेर आउने, दलाललाई मोटो रकम बुझाउने, सम्झौता नहेरि जस्तो अवस्थामापनि आउने र सो अनुसारको काम र कमाई नहुँदा डिप्रेसनमा परि आत्महत्या गर्ने नेपालीहरुको संख्या बिदेशमा पनि बढ्दो छ ।

तपाइँको प्रतिक्रिया